

हिउँद सकियाे, भएन हिउँदे वर्षा





काठमाडौँ– यस वर्षको हिउँदमा सरदर वर्षाभन्दा ५ गुना कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंसिर १५ देखि फागुन १५ सम्म जम्मा १२.५ अर्थात् १२.९ मिलिमिटर वर्षा भएको छ। हिउँद महिनाको सरदर वर्षा ६०.५ मिलीलिटर हो।
विभागका अनुसार सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हो भने सरदर वर्षाको २१.५ प्रतिशत हुनु भनेको अधिक खडेरीको अवस्था हो। तर, नेपालमा असोज अन्तिम हप्ताबाट ठूलो वर्षा नै भएको छैन।
भैरहवा, दाङ, सिमरा, जनकपुर धरान, धनकुटा, विराटनगरसहित पूर्वी तराई र पहाडका जिल्लामा वर्षा भएन।
आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ। विश्व मौसम संगठनमा आबद्ध युरोपियन सेन्टर, जापान, बेलायत जलवायु प्रारूपले सरदरभन्दा कम वर्षा हुने आकलन गरेका छन्।
विभागले हिउँद महिनाको वर्षाको स्थिति सार्वजनिक गर्दै खडेरीका कारण वन डढेलो, पानीका मुहान सुक्ने वायु प्रदूषण जस्ता विपद्का घटना हुन सक्नेतर्फ सचेत गराउँदै सर्तकताका लागि आग्रह गरेको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया