

दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा



नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । ‘कोर्ट अफ इन्क्वायरी’ बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो । शाहीसँगै थप दुईजनाविरुद्ध पनि मुद्दा हालिएको छ । जसमा प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेना छन् ।
सुरूमा शाहीविरुद्ध आर्थिक अनुशासनमा नबसेको उजुरी परेको भन्दै उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको कोर्ट अफ इन्क्वायरी गठन गरेर छानबिन थालेको सैनिक मुख्यालयले सोही छानबिन प्रतिवेदनका आधारमा तीन जनाविरुद्ध मुद्दा चलाएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कोर्ट अफ इन्क्वायरीको छानबिन सकिएपछि अदालती प्रक्रिया सुरू भएको बताए । उनले भने, ‘आज (आइतबार) बाट मुद्दा अदालती प्रक्रियामा गएको छ । बाँकी काम अदालतले गर्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया