

गुगल अर्थ प्रयोग गरेर पुरानो समयमा फर्किन चाहनुहुन्छ ? यसो गर्नुहोस्


काठमाडौं
हामी गुगल म्यापलाई सहर वा गाउँहरू नेभिगेट गर्न प्रयोग गर्छौं । यसबाट हामी पृथ्वी भ्रमणको भर्चुअल अनुभव पाउन सक्छौँ ।
गुगल अर्थमा विस्तारै जुम गर्दै जाँदा थ्रीडी भवन, थ्रीडी जमिन आदि देखिन्छ । यसले गर्दा हामी निकै लामो समय यसमा बिताउन सक्छौँ । गुगल अर्थलाई भूतकालको पृथ्वी अर्थात् पुराना तस्वीर हेर्नसमेत प्रयोग गरिन्छ ।
गुगल अर्थको यो फिचर प्राय: शैक्षिक अनुसन्धान वा रमाइलोका लागि प्रयोग गर्ने गरिन्छ । यो सुविधा गुगलले सबैका लागि निःशुल्क गरेको छ ।
त्यस्तै यो फिचर प्रयोग गर्न कुनै शक्तिशाली कम्प्युटरको आवश्यकता पर्दैन । तर इन्टरनेट भने राम्रो कनेक्सन भएको हुनुपर्छ ।
गुगल अर्थमा पहिलेको समयमा कसरी जाने?
कुनै ठाउँको पुरानो अवस्था देखाउन गुगल अर्थको ‘हिस्टोरिकल इमेजरी टुल’ले धेरै स्रोतबाट डेटा सङ्कलन गरेको छ । हामी गुगल अर्थमा सन् १९३० को दशकसम्म जान सक्छौँ । यद्यपि यो फिचर प्रयोग गर्न भने गुगल अर्थको डेस्कटप एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
‘गुगल अर्थ प्रो’को डेस्कटप एप डाउनलोडका लागि यहाँ भएको लिङ्कमा जानुहोस् । अब तल स्क्रोल गर्दै जाँदा आउने ‘डाउनलोड अर्थ प्रो अन डेस्कटप’मा क्लिक गर्नुहोस् ।
-टेकपानाबाट


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया