

स्वास्थ्य मन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच स्विट्जरल्यान्डमा भेट





काठमाण्डाै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएकाे छ ।
बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्ड पुग्नु भएका स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससबीच भेट भएकाे हाे ।
भेटमा मन्त्री गिरीले पोलियाे, हैजा, काेराेना विरुद्धकाे खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण तथा रोकथाम, निवारण र उन्मूलन, २०७२ सालको भूकम्प, मातृशिशु स्वास्थ्यका क्षेत्र लगायतका पक्षमा डब्ल्यूएचओले खेलेको भूमिकाका लागि धन्यवाद दिनुभएकाे छ ।
मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत अहिले भइरहेका गतिविधिहरूकाे विस्तार र आपसी सहकार्य समन्वयका लागि पनि आग्रह गर्नुभएकाे छ ।
विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगबारेमा पनि छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी बताउनुभयाे ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया