कपिलवस्तुमा ४५ ग्राम लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले एक युवकलाई अवैध लागुऔषध सहित पक्राउ गरेको छ ।

जिल्लाको महाराजगंजस्थित बहादुरगंज तौलिहवा सडक खण्डको कन्चनिया पुल नजिक ४५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ चनई बस्ने दुर्गा जैसवाल रहेका छन् । उनलाई सोमबार पक्राउ गरेको प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले जनाएको छ ।

उनीमाथि कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक वर्ष ०७९ ÷०८० मा ४ महिलासहित ५ पुरुष पक्राउ गरी कारबाही गरेको छ ।

प्रतिक्रिया

खबर सबै