

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र


काठमाडौँ
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए ।
‘हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ बाँकी कुरा अहिले खुलाउन मिल्दैन,’ दाशले भने ।
नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया