एमाले कपिलवस्तुले फागुन ११ देखि मिसन ग्रासरुट अभियान गर्दै

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले फाल्गुण ११ गते मिसन ग्रासरुट अभियान अन्तरर्गत अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्ने जनाएको छ ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भएको जानकारी अनुसार मिसन ग्रासरुट अभियानको अभिमुखीकरण कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रिय नेता, प्रदेश स्तरका नेता, जिल्ला, पालिका, वडा स्तरका नेता कार्यकर्ता एवम् जनप्रतिनिधीहरुको उपस्थिती रहने छ ।

त्यस्तै कार्यक्रममा जनवर्गिय संगठनका पनि जिल्ला देखि केन्द्रिय स्तरका नेता कार्यकर्ताको उपस्थिती रहने एमाले कपिलवस्तुले जनाएको छ । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङ्गचीको सभाहलमा ११ बजे देखि शुभारम्भ गर्ने कार्यतालिका रहेको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै