

ग्यास विस्फोटको जोखिम कम गर्न प्रयोग गरौं यस्ता सामान



खाना पकाउने ग्यासबाट हुने आगलागी वा दुर्घटनाका खबर हामीले दिनहुँजसो सुन्दै आएका छौं। यसका विभिन्न कारणमध्ये भान्सामा प्रयोग हुने सिलिन्डरका साथै रेगुलेटर, पाइप र चुल्हो गुणस्तरीय नहुनु पनि दुर्घटनामा जिम्मेवार हुन्छ।
दुर्घटनाबाट बच्न सिलिन्डर, रेगुलेटर, पाइप र ग्यास चुल्हो गुणस्तरीय प्रयोग गर्नुपर्ने नेपाल ग्यास बिक्रेता व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा बताउँछन्।
‘अधिकांशले कम गुणस्तरका सामान प्रयोग गरिरहेका हुन्छन्,’ उनले भने, ‘यसले पनि आगलागी हुनसक्छ।’
उनका अनुसार रेगुलेटर, पाइप र ग्यास चुल्हो नेपालमै उत्पादन हुँदै आएको छ। भारतबाट पनि ठूलो परिमाणमा आयात हुन्छ। स्वदेशी वा विदेशी जहाँको प्रयोग गरे पनि गुणस्तरमा ध्यान दिनुपर्ने र यसका लागि आधिकारिक गुणस्तर चिन्ह प्राप्त सामान मात्र प्रयोग गर्नुपर्ने उनी बताउँछन्।
‘नेपाली र भारतीय जुनसुकै सामान प्रयोग गरे भयो, तर गुणस्तर प्रमाणित हुनुपर्यो। नेपालमा उत्पादन भएको सामानलाई गुणस्तर तथा नापतौल विभागले ‘एनएस’ चिह्न दिएको हुन्छ। त्यस्तै भारतबाट आएको सामानमा ‘आइएसआई’ चिह्न अंकित हुन्छ,’ उनले भने, ‘अन्य देशबाट आएका सामानमा पनि ती देशको गुणस्तर चिन्ह राखिएको हुन्छ। हामीले त्यस्ता सामान मात्र प्रयोग गर्यौं भने धेरै दुर्घटनाबाट जोगिन सक्छौं।’
ग्यास पाइपका हकमा प्लास्टिकको प्रयोग नगरी तारै तारले जेलिएको रबरको पाइप प्रयोग गर्नुपर्ने उनले सुझाए।
‘प्लास्टिकको पाइप फुट्ने र मुसाले खाने डर हुन्छ। त्यस्तो पाइप प्रयोग गर्न हुँदैन,’ थापाले भने, ‘प्लास्टिकको पाइप ग्यास चुल्होका लागि बनेकै होइन। यसको प्रयोग छुट्टै छ।’
ग्यासबाट हुने आगलागीको अर्को महत्वपूर्ण पक्ष हामीले प्रयोग गर्ने चुल्हो पनि हो।
आजभोलि धेरै कम्पनीका चुल्हो बजारमा पाइन्छन्। चुल्होको गुणस्तर पहिलेको तुलनामा निकै खस्किएको छ। ग्राहकले चुल्हो किन्दा बाक्लो खालको किन्नुपर्ने उनले बताए।
‘बजारमा धेरै पातलो चुल्हो पनि पाइन्छ,’ उनले भने, ‘त्यस्तो चुल्हो प्रयोग गर्दा छिट्टै खिया लाग्छ र ग्यास लिक हुन्छ।’
यति मात्र होइन, ग्यास सिलिन्डरमा सेफ्टी क्याप राख्न उनले सुझाएका छन्। सबै सिलिन्डरमा अनिवार्य रूपले सेफ्टी क्याप राखिएको हुन्छ। तर प्राय:ले सिलिन्डर खोल्दा सेफ्टी क्याप बिगार्छन्। त्यसैले बिगारेको सेफ्टी क्याप फेरि राख्नुपर्ने थापाले बताए।
उनका खनुसार ग्यास लिक भयो भने सेफ्टी क्याप लगाएर सिलिन्डर कोठाबाहिर निकाल्नुपर्छ। त्यो बेला आगोजन्य वस्तु चलाउन हुँदैन।
‘ग्यास लिक हुँदा सिलिन्डर आफैं विस्फोट हुने होइन। हामीले आगोजन्य वस्तु चलायौं भने मात्र विस्फोट हुने हो,’ उनले भने।
उनले ग्यास सिलिन्डर किन्दा कम्पनीको आधिकारिक डिलरबाट किन्नुपर्ने र सरकारले पनि एलपी ग्यासजस्तो प्रज्वलनशील पदार्थ बिक्री वितरणको अनुमति दिँदा यस क्षेत्रमा जानकार व्यक्तिलाई मात्र दिनुपर्ने उनको भनाइ छ।
गुणस्तर तथा नापतौल विभागकी प्रवक्ता ज्योति जोशी भट्ट ग्यास उद्योगमा गएर सिलिन्डरको गुणस्तर नियमित जाँच गरिरहेको दाबी गर्छिन्।
उनका अनुसार विभागले ग्यास सिलिन्डर, रेगुलेटर र पाइपको गुणस्तर तोकेको छ। तोकिएको मापदण्डअनुसार उत्पादन गर्ने उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) दिइएको हुन्छ। एनएस चिह्न लिएका उत्पादन मात्र प्रयोग गर्न उनी उपभोक्तालाई सुझाउँछिन्।
विभागले ग्यास चुल्होको मापदण्ड पनि बनाउने तयारी गरिरहेको उनले बताइन्।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया