आशा लघुवित्त वित्तीय संस्थाद्वारा निःशुल्क तालिम

रामबहादुर गन्धर्व, कपिलवस्तु । बिपन्न समुदायका लागि आशा लघुवित्त संस्था लिमिटेड बाणगंगा ७ बनगाई कपिलवस्तुले आफ्ना सेवा क्षेत्र भित्र रहेका सदस्यहरूलाई २ दिने निःशुल्क सर्फ तथा श्याम्पु बनाउने तालिम प्रदान गरेको छ ।

स्थानीय कच्चा पदार्थको उपयोग गर्दै सिपको सदुपयोग गर्न सके भविष्यमा सफल उद्यमी बन्न टेवा पुग्ने उद्वेश्यले तालिमको आयोजना गरिएको तालिममा बताइएको छ । दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा सर्फ–श्याम्पु बनाउदा प्रयोग हुने सामग्रीहरूको बारेमा जानकारी गराइएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै तालिमका सहभागीहरूले तालिमबाट सिकेको सिपलाई आफैमा सिमित नराखी ब्यवहारमा लागू गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए।

साथै तालिममा सक्रिय सहभागी जनाएको भन्दै हौसला स्वरूप प्रमाणपत्र समेत प्रदान गरिएको थियो । विभिन्न केन्द्रका ५५ जना महिला सदस्यहरू सहभागी रहेको तालिमको सहजीकरण आशा लघुवित वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारी कल्याणी खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

खबर सबै