

कपिलवस्तुबाट ८१ हजार बढी विदेशिएको तथ्याङ्क





कपिलवस्तु । कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्।
अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ। गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको छ।
स्विस विकास संस्था ‘हेल्भेटास’का कार्यक्रम संयोजक सनतप्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६४ लाख नाघेको बताउनुभयो। लुम्बिनी प्रदेशमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ। आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई जानेको सङ्ख्या छ लाख ३० हजार ९० रहेको छ। यसमा महिलाको सङ्ख्या ४९ हजार १२८ ९आठ प्रतिशत० रहेको जनाइएको छ।
अघिल्लो आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या हालसम्मकै बढी हो। आव २०७७र७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ र अङ्गभङ्ग भएका १४३ जना थिए।
सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमले जिल्लाका सबै पालिकामा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जोड दिई प्रशिक्षण दिँदै आएको छ। कार्यक्रमले वैदेशिक रोजगारीमा गएका, रहेका, फर्किएका र तिनका परिवारलाई लक्षित गरी सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकासका तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको कार्य गरेको जिल्ला परियोजना व्यवस्थापन समितिका सदस्यसचिव हरिप्रसाद ज्ञवालीले बताउनुभयो।
स्विस सरकार विकास सहयोग ९एसडीसी०को सहयोगमा १५ जिल्लाका ६० र २३ जिल्लाका ९६ स्थानीय तहमा नेपाल सरकारको ससर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा छ। (गोरखापत्रबाट)


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया