

भ्यालेन्टाइन डे : रानीमहल पुगेका जोडीलाई भव्य स्वागत


पाल्पा । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसको अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगरपालिकाले भव्य स्वागत गरेको छ ।
तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहीत जोडीहरूलाई सम्मान तथा स्वागत गरेको हो ।
आज प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरूलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले जानकारी दिए।
त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कारसमेत गरिएको छ । उनीहरूलाई गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापनसमेत गरिएको थियो ।
नगरपालिकाले युगल प्रेमिल जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फूल साटासाट गरी स्वागत गरेको थियो ।
प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।
प्रेमको प्रतीकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।
पर्यटन प्रवर्द्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया