

इन्टरनेट एक्सप्लोरर आजदेखि सधैंका लागि बन्द




काठमाडौं
माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ ।
केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो । यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।

स्मरण रहोस् कम्पनीले गत डिसेम्बरमा नै सन् २०२३ को फेब्रुअरी १४ देखि इन्टरनेट एक्सप्लोरर ११ एपलाई स्थायी रुपमै बन्द गर्ने घोषणा गरेको थियो । वास्तवमा माइक्रोसफ्ट कम्पनीले यसको नयाँ अपडेट ल्याउने तयारी गरेको छ जसमा विन्डोज १० तथा त्यसभन्दा पूरानो विन्डोज संस्करणमा इन्टरनेट एक्सप्लोरर बन्द गरिनेछ ।
कम्पनीका अनुसार इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजमा रि-डाइरेक्ट नगरिएका डिभाइसहरु यसबाट प्रभावित हुनेछन् । त्यसबापत कम्पनीले माइक्रोसफ्ट एजलाई नयाँ अवतारमा पेश गर्दैछ ।
कम्पनीले आफ्नो एज ब्राउजरमा आर्टिफिसियल इन्टेलिजेन्स स्थापित गर्दैछ र त्यसबाट इन्टरनेट एक्सप्लोरर ११ को डेस्कटप एप्लिकेसनको साटो माइक्रोसफ्ट एजको आर्टिफिसियल इन्टेलिजेन्स मोडको प्रयोग गर्न सक्नेछन् । माइक्रोसफ्ट एजको नयाँ अपडेटका माध्यमबाट विन्डोज १० कम्प्युटरमा एक्सप्लोररलाई बन्द गरिनेछ । एक्सप्लोरर ११ का बाँकी प्रयोगकर्तालाई सजिलैसँग माइक्रोसफ्ट एजमा स्थानान्तरित हुनका लागि सहयोग गर्न कम्पनीले एज ब्राउजरमा अपडेट गर्न लागेको हो ।
इन्टरनेट एक्सप्लोरर माइक्रोसफ्टको सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर हो । पहिलोपटक सन् १९९५ मा विन्डोज ९५ का लागि एड अन प्याकेजको रुपमा यो ब्राउजर राखिएको थियो । एजेन्सीको सहयोगमा


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया