

सिद्धार्थ क्याम्पसमा स्ववियुद्धारा दुई दर्जनबढीलाई सम्मान





कपिलवस्तु । कपिलवस्तुको बाणगंगास्थित सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विभिन्न क्षेत्रमा रहेका दुई दर्जन बढी व्यक्तित्वलाई सम्मान गरेको छ ।
क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीको स्वागत र वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा स्ववियुको कार्यकाल सफल बनाउन भन्दै भूमिका खेलेको भन्दै सभापति सुशील खत्रीले मन्त्रीदेखि विद्यार्थीसम्मलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु गिरी, सांसद गिरधारीलाल न्यौपाने, क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवी बहादुर काफ्ले, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान क्याम्पस प्रमुख खेमराज शर्मा, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पस प्रमुख वेदराम अर्याल, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, कमल पोख्रेल, प्राध्यापक राजकुमार अर्याल लगायतलाई सभापति खत्रीले सम्मान गरेका हुन् ।
यसका साथै स्ववियुलाई सहयोग गर्ने बिभिन्न मिडियाका पत्रकार, विद्यार्थी, कलाकार, सामाजिक व्यक्ति लगायतलाई पनि सम्मान पत्र र खादाले सम्मान गरिएको सभापति खत्रीले बताए ।
त्यही अवसरमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खादा, टिका र डायरीले स्वागत गरिएकोे थियो । कार्यक्रममा बोल्दै खत्रीले सबै विद्यार्थीको साझा संस्थाको रुपमा स्ववियु रहेको बताएका थिए । स्ववियुले विद्यार्थीको हक अधिकारको रुपमा काम गरेको भए पनि क्याम्पसमा अझै बढी सुधारको आवश्यकता रहेको उनले औँल्याए । उनले क्याम्पस प्रमुखलाई नै अघि राखेर क्याम्पस सुधारका करिव दर्जन प्रश्न पनि राखेका थिए । अब आफ्नो कार्यकाल सकिन लागेको भन्दै यी मागमा वेवास्ता गरिए क्याम्पसमा ताला लगाउने उनको चेतावनी छ । चैत्र महिनामा स्ववियुको चुनाव हुन लागेकाले आफ्नो विदाई स्वरुप कार्यक्रम गरिएको उनले बताए । आफ्नो कार्यकालभर क्याम्पसले गर्न नसकेका काम पनि स्ववियुले गरेको भनी आफ्ना कामको विवरण उनले सुनाए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री पन्थीदेखि सबै वक्ताले सभापति खत्रीको कार्यकाल पूर्णरुपमा सफल रहेको बताएका थिए ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया