

भूकम्पले आहत टर्कीका जनतालाई नेपालको राहत, २२ टन सामग्री पठाइयो





काठमाडौँ
सरकारले टर्कीका भूकम्प पीडित जनताका लागि राहत सामग्री पठाएको छ । औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित करिब २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानीमा टर्किस एयरलाइन्समार्फत आज दिउँसो पठाइएको हो ।
यही फेब्रुअरी ६ तारिखका दिन टर्कीमा गएको विनाशकारी भूकम्पपछि त्यहाँका जनता ठूलो मर्कामा छन् । हाल विश्वभरिबाट टर्कीका लागि पुनःस्थापना, राहत तथा उद्धार भइरहेको छ । यसैमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले पनि राहत सामग्री पठाएको हो ।
यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्रमन्त्री माननीय डा. विमला राई पौड्यालले टर्कीका आफ्ना समकक्षी एचई मेभलुत्काभुसोउलुसँग टेलिफोन वार्ता गरेर अमूल्य जीवन र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारमा गहिरो समवेदना व्यक्त गरेकी थिइन् । उनले टर्कीका जनतालाई नेपाली जनताको तर्फबाट ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्ने बताएकी थिइन् ।
सोही बमोजिम नेपालबाट राहत सामग्री संकलन गरेर टर्की पठाइएको हो । यसमा सहयोग गर्ने सबै सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सप्रति परराष्ट्र मन्त्रालयले धन्यवाद प्रकट गरेको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया