

फेरि झिकाइयो राहदानीको विवादमा परेका लामिछानेका कागजपत्र


काठमाडौं
नागरिकता र राहदानीको विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।
अमेरिकी नागरिकता कायम रहेकै अवस्थामा लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिएको उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि कागजपत्र मगाइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्याधिवक्ता अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध जाहेरी परेको र जाहेरी सही वा गलत के हो भन्ने यकिन गर्न सम्बन्धित निकायबाट आवश्यक कागजपत्र झिकाइएको बताए ।
निष्क्रिय नागरिकता पेस गरी झुटा विवरणका आधारमा लामिछानेले राहदानी लिई दुरुपयोग गरेको भन्दै युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलको कार्यालय गएका थिए ।
त्यसै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अध्यागमन विभाग तथा राहदानी विभागबाट कागजपत्र मागेको हो ।
निष्क्रिय अवस्थाकै नागरिकता प्रयोग गरी लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी सभापति चयन भएको हो ।
सोही नागरिकता पेस गरी चितवन निर्वाचन क्षेत्र–३ बाट प्रतिनिधि सभा सदस्यसमेत निर्वाचित भएका लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए।
लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले यही माघ १३ गते निष्क्रिय नागरिकताका आधारमा गरिएको उम्मेदवारी बदर हुने आदेश दिएको थियो ।
उक्त आदेशपछि लामिछानेको पार्टी सभापति पदसहित प्रतिनिधि सभा सदस्य तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो ।
लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिइसकेका छन् ।
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया