नवप्रभात सामुदायिक वनद्धारा वन सम्वद्र्धन प्रणालीमा आधारित कटान शुभारम्भ

हरि आचार्य, कपिलवस्तु :  उपभोक्ताको माग र आवश्यकता अनुसार आफ्ना क्रियाकलाप अगाडि बढाउदै आएको नवप्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुले कटान कार्यको शुभारम्भ गरेको छ ।

वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यबस्थापनको कार्ययोजना अनुसार कटानको शुभारम्भ गरिएको वनका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो । जसअन्तर्गत ढलाबडा ४ सय ७८ रुखहरु र पुर्नउत्पादन कटान तर्फ २ सय १७ वठा रुखहरु कटान गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीले सामुदायिक वनलाई उपभोक्ता महानुभावहरुको जिविकोपार्जन र रोजगारीमा जोड्ने गरि प्रत्यक्ष लाभान्वित हुने खालका काम गरि दिगो ब्यबस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पृथ्वीका महत्वपुर्ण सम्पति जल, जमिन र जंगल मध्ये जंगल पनि महत्वपुर्ण सम्पति भएकोले सामुदायिक वनको माध्यमबाट वातावरणीय सन्तुलनमा पनि विशेष ध्यान दिने उहाँले बताउनुभयो । साथै उपभोक्ताहरुको माग र आवश्यकता अनुसार सदैव अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख नारायण देव भट्राईले स्रोत र साधनको अधिकतम पचिालन गरि वनको माध्यमबाट उपभोक्ताको आर्थिक स्तरमा टेवा पुग्ने काम गर्नुपर्नेमा जोड दिनुभयो । वन प्रतिको नकारात्मक टिकाटिप्पणीको अन्तय गरि सबैले सबैको सम्मान गरि काम गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

विशिष्ठ अतिथि डिविजन वन कार्यालय कपिलवस्तुका डिविजनल वन अधिकृत विजयराज सुवेदीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि कार्यसमिति मात्र नभएर सम्पुर्ण उपभोक्ताहरुको उत्तिकै दायित्व रहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक तथा वनका पुर्व अध्यक्ष थानेश्वर शर्माको अध्यक्षता तथा वनका वर्तमान अध्यक्ष डिल्लीराज रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्य समितिका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया