कपिलवस्तु महोत्सव : शैक्षिक सामग्री प्रर्दशनीको नतिजा सार्वजनिक

राजेन्द्र खनाल, कपिलवस्तु । १३ औँ कपिलवस्तु महोत्सव अन्तरगत गरिएको नगर स्तरीय शैक्षिक प्रर्दशनीमा विद्यालयहरुको तहगत नतिजा बिहिबार सार्वजनिक गरिएको छ ।

जस अन्तरगत माध्यमिक तहबाट हथौसा लिटिल स्टार मावि प्रथम भएको छ भने आधारभूत तह कक्षा(६–८) तर्फ जनसेवा आधारभूत विद्यालय प्रथम भएको छ । यस्तै आधारभूत तह (१–५) तर्फ बरकतिया आधारभूत विद्यालय (मदरसा) प्रथम भएको बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सीले जानकारी दिनुभयो ।

१३ औँ कपिलवस्तु महोत्सव स्थलमा बनाइएका स्टलहरुमा बाणगंगाका विद्यालयहरुबाट शिक्षक निर्मित र विद्यार्थी निर्मित शैक्षिक समाग्रीहरु प्रर्दशनीका लागि राखिएको थियो । उक्त सामग्रीहरुको नगरपालिकाको शिक्षा शाखाले मूल्याङ्कन गरि बिहिबार नतिजा सार्वजनिक गरेको हो ।

मावि तर्फ महेन्द्र मावि कोपवा द्धितीय भएको छ भने माध्यमिक विद्यालय झण्डा तृतीय र होराइजन आवसीय माध्यमिक विद्यालयले सान्त्वना स्थान ल्याएका छन् ।

यस्तै आधारभुत तह (कक्षा ६–८) तर्फ जनसेवा आधारभूत विद्यालय प्रथम, बालकल्याण आधारभूत विद्यालय बर्दहवा द्धितीय, भर्तापुर आधारभूत विद्यालय तृतीय र जनचेतना आधारभूत विद्यालय बनगाई तृतीय भएका छन् ।

यस्तै आधारभूत तह (कक्षा १–५) तर्फ बरकतिया आधारभूत विद्यलाय (मदरसा) प्रथम, नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटना द्धितीय र अन्तराष्ट्रिय युवा वर्ष विद्यालय सिमलखोर तृतीय भएका छन् ।

यस्तै पूर्व प्राथामिक तह (वालविकास) तर्फ जितपुर मन्टेश्वरी प्रथम, सूर्याेदय आधारभूत विद्यालय चप्परगाउँको बालविकास द्धितीय र सिटि मन्टेश्वरी बनगाई तृतीय भएको नगर शिक्षा शाखा प्रमूख जिसीले जानकारी दिनुभयो ।

महोत्सव स्थलमा बाणगंगाका सबै वडाका विद्यालयहरुबाट वडागत स्टल कायम गरी शैक्षिक सामग्रीको प्रर्दशनी गर्ने भनिएको भए पनि सबै वडाले प्रतिनिधित्व नजनाएपछि मुल्याङ्कन समितिले तहगत नतिजा सार्वजनिक गरेको हो । शैक्षिक सामग्री प्रर्दशनीमा प्रथम,द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयलाई नगरपालिकको शिक्षा शाखाले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजारका दरले पुरस्कार प्रदान गरेको छ ।

महोत्सव स्थलमा गरिएको शैक्षिक सामग्री प्रर्दशनीका लागि विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुले पाठ्यवस्तु अनुसारका विभिन्न सामग्री निर्माण गरेका थिए । उक्त सामग्रीको प्रर्दशनीका लागि कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सव स्थलमा वडागत स्टल समेत प्रदान गरेको थियो । महोत्सवमा राखिएका उक्त सामाग्रीप्रति मेला अवलोकनमा आउने दर्शकहरुले समेत चासोका साथ अवलोकन गर्ने गरेका छन् ।


प्रर्दशनीमा राखिएका केही शैक्षिक सामग्रीहरु (तस्बिर)


प्रतिक्रिया

खबर सबै