
जसपा र एकीकृत समाजवादी सरकारमा भित्र्याउने प्रयासमा प्रचण्ड

काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् ।
सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय खाली छन् ।
मन्त्रीविहिन भएको मन्त्रालय दिएर प्रधानमन्त्री दाहालले नयाँ दल भित्र्याउन सरकारमा लागेका हुन् ।
सरकारबाट रास्वपाको बहिर्गमनसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्यका लागि कुराकानी थाल्नुभएको नेकपा माओवादीका नेताहरुले बताएका छन् ।
रविको सरकार बहिर्गमनसँगै पुराना दलबाट पटकपटक मन्त्री भइसकेका नेताहरुलाई सरकार प्रवेशमा समेत सहजता देखिएको नेताहरु बताउँछन् ।
राजनीतिमा कान्छो दल मानिएको रास्वपाले उपप्रधानसहित गृहमन्त्री लिएपछि मन्त्री हुन असहज मानेका पुराना नेताहरुलाई लामिछानेको बहिर्गमनले सहज बनाएको एक सांसदले बताए ।
उनले भने– ‘यो मन्त्री परिषद्मा जान पनि रविका कारण केही असहज थियो ।
उहाँ निस्किएपछि पुराना र अनुभवी नेताहरुलाई समेत सरकारमा जान सहजता देखिएको छ । अब प्रोटोकलको समस्या पर्दैन्, अनुभवी नेताहरुहरु नै मन्त्री हुँदा प्रधानमन्त्रीलाई पनि काम गर्न सजिलो हुन्छ ।’
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया