

गैरकानुनी रूपमा रकम नतिर्न आग्रह


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई कसैले भ्रम वा दबाबमा पारी गैरकानुनी रकम माग गरेको अवस्थामा सरकारलाई जानकारी गराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कानुनविपरीत कसैले वैदेशिक रोजगारीमा जानेसँग ठगी गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि सोही विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले व्यक्तिगत श्रम स्वीकृति लिएर जानेलाई देशभित्र मात्र नभई वैदेशिक रोजगारीमा गएकै सिलसिलामा नेपालीले नेपालीलाई ठगी गरेका थुप्रै उजुरी मन्त्रालयमा आएको जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानेहरू देशको अवस्था, कामको प्रकृति, सेवा सर्तसमेत नबुझी गएर विदेशमा समस्या परी गुनासो गर्नेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।
मन्त्रालयले विज्ञप्तिमार्फत संस्थागत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जान चाहनेलाई आफू जान खोजेको देश, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवा सर्तबारे बुझेर मात्र जान आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जाँदा सकेसम्म संस्थागत रूपमा दर्ता भएका संस्थाबाट कानुनले तोकेको शुल्क बुझाउन र कुनै कम्पनीले बढी पैसा मागेको खण्डमा रकम बुझाएको प्रमाण लिनसमेत सोही विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
मन्त्रालयमा संस्थागत रूपमा हुने ठगीका उजुरी पनि बढिरहेको भन्दै मन्त्रालयले वैदेशिक रोजगारीमा पठाउन इजाजत प्राप्त व्यवसायीबाट समेत कानुनी एवं नीतिगत व्यवस्थाको इमानदारीसाथ पालना गर्न निर्देशन दिएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया