बाणगंगा ९ का ७३ वर्षीय सिलवाल तीन दिन देखि सम्पर्कबिहिन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट एक बृद्ध हराएका छन ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित बर्दहवा बस्ने वर्ष ७३ का गुरु प्रसाद सिलवाल यहि माघ २० गते देखि सम्पर्कविहिन भएको बर्दहवा स्थित टोल विकास संस्थाका अध्यक्ष बसन्त अधिकारीले जानकारी दिनुभयो ।

बाणगंगा ९ को धर्मिक स्थल कपिलधाम जान्छु भन्दै माघ २० गते घरबाट हिड्नुभएका सिलवाल तीन दिन देखि सम्प्र्कमा नआएपछि परिवार चिन्तित भएका छन् । परिवारले उहाँको खाजिका लागि सहयोग गरिदिन पनि आग्रह गरेका छन भने ईलाका प्रहरी कार्यालय पिपरालाई समेत जानकारी गराइएको टोल विकास संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो ।

बाणगंगा ९ बर्दहवाका शिलवाल राजु सिलवालका बुवा हुनुहुन्छ । उहा कपिलधाम जान्छु भन्दै हिडेपनि हाल सम्म घर नफर्किएपछि परिवारले खोजिमा सहयोग गरिदिन भन्दै आग्रह गरेका हुन ।

उहाँलाई फेला पार्ने् व्यक्तिले ९८६७४७८२१८, ९८७६७२६९८०८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न भनिएको छ ।

प्रतिक्रिया

खबर सबै