
आजदेखि फाइभजीको आन्तरिक परीक्षण थाल्दै टेलिकम

काठमाडौं
नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थाल्ने भएको छ । आफ्नो १९औँ वार्षिकोत्सव पारी कम्पनीले मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजीको आन्तरिक परीक्षण गर्न लागेको हो ।
यसका लागि बबरमहल र सुन्धारामा आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण सम्पन्न भइसकेको छ । अब कम्पनीले आन्तरिक रुपमा फाइभजी परीक्षण गर्न लागेको कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले बताए ।
यसअघि नै परीक्षण थाल्ने तयारी भएपनि फाइभजी सेट सीमित रुपमा उपलब्ध भएकाले केही ढिला भएको उनले जनाए ।
नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीको योजना छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया