

१३ औं कपिलवस्तु महोत्सवमा आज कमला घिमिरे सहितका कलाकारको प्रस्तुति रहने





बाणगंगा । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा यहीँ माघ १७ गते देखि जारी १३ औं कपिलवस्तु महोत्सवमा आज पनि चर्चित राष्ट्रिय कलाकारको प्रस्तुतीले रोमाञ्चक बन्दै गएको छ ।
महोत्सवको शनिबार पाँचौं दिन चर्चित बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक बसन्त लम्सालसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलकराम घिमिरेले जानकारी दिए ।
महोत्सवको चौथो दिन शुक्रबार गायक प्रकाश सपुत, लोक तथा दोहोरी गायिका सपना गाहाको प्रस्तुती रहेको थियो । महोत्सवमा शुक्रबार देखि सिङ्गिङ्ग आइडलको शुभारम्भ गरिएको छ । ११ औं कपिलवस्तु डान्स आइडलमा प्रतिस्पर्धीले प्रस्तुति देखाइरहेका छन् ।
माघ २९ गतेसम्म संचालन महोत्सवमा रोटे पिङ, झुँला, मौतकाकुवा, ब्रेक डान्स लगायतका मनोरन्जन सामग्रीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया