

शुुद्धोधन मावि जिनुवामा २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण





भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्धोधन माध्यमिक विद्यालयमा शुक्रबार (आज) तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सँगै छात्रबृत्ति वितरण गरिएको छ ।
विद्यालयमा स्थापित स्वर्गीय क्याप्टेन गिरमान सिंह थापा र तिल कुमारी थापाको स्मृतिमा यु के मा रहनु भएका कृष्ण बहादुर थापाद्वारा १० लाखको अक्षय कोषको ब्याज रकमबाट दलित, जनजाति, अनुशासित, विपन्न, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई जनही ५ हजारका दरले २० जना लाई १ लाख बराबरको छात्रवृत्ति वितरण गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ भने सप्ताहव्यापी खेलकूद अन्र्तगत २ सय जना बिजेता विद्यार्थीलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा समाजसेवी नारायण खनाल, जग्गा दाता दिपक थापा, जन्जिर थारु, पुर्व वडाध्यक्ष ध्रुव बेल्बासे, वडाध्यक्ष कमल पौडेल लगायतले बिधालयको शैक्षिक प्रगतिको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष थम्मन थापाको अध्यक्षता, वडाध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता, प्रधानाध्यापक अनिता कडेलको स्वागत र शिक्षक रामप्यारी पौडेलको संचालनमा सम्पन्न भएको थियोे ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया