

गृह मन्त्री रास्वपालाई दिने सहमति हो, कसलाई पठाउँछ उसकाे कुरा : अध्यक्ष ओली



माेरङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमतिअनुसार उसैलाई दिनुपर्ने बताउनुभएकाे छ । गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने पूर्वसहमतिअनुसार उसैलाई दिनुपर्ने उहाँको भनाइ छ ।
विराटनगर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयाे, ‘गृह मन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कसलाई पठाउँछ उसको कुरा हो ।’
नागरिकता प्रकरणमा रास्वपाका सभापतिसमेत रहनुभएका रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहनु भएकाे छ । रास्वपाले गृह मन्त्री आफूहरूले नै पाउनुपर्ने बताउँदै आएको छ ।
सञ्चारकर्मीसँग बाेल्दै अध्यक्ष ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेवार नै एमालेको हुने दाबी गर्नुभयाे । सत्तापक्षबाट एकमात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयाे, ‘एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्को उम्मेदवार नहुने भन्दै पुस १० गतेको सहमतिअनुसार सत्तापक्ष चल्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । अहिले बाहिर देखिएजस्तो समस्या सरकार सञ्चालनमा नदेखिएको उहाँको जिकिर छ ।
अध्यक्ष ओलीले नेपालमा असाधारण राजनीतिक अस्थिरता रहेको बताउँदै प्रजातन्त्र स्थापनापछि देखि नै स्थिरता हुन नसकेको उल्लेख गर्नुभयाे ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया