लायन्स कपिलवस्तुले १३ औँ महोत्सवमा शनिबार रक्तदान गर्ने

कपिलवस्तु
सामाजिक क्षेत्रमा अग्र रहेको लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्तमा१३ औँ कपिलवस्तु महोत्सव रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

लायन्सले पछिल्लो समय हरेक महोत्सवमा रक्तदान गर्दैँ आएको छ र यस पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष रामशुभागे थारुले बताएका छन् ।

महोत्सव स्थलमा शनिवार २१ गते अर्थात् महोत्सवको पाचौं दिनका दिन महोत्सव परिसरमा कार्यक्रम हुने कार्यक्रम संयोजक सागर घिमिरेले बताएका छन् ।
कार्यक्रम बिहान ८ बजे देखि ११:३० सम्म हुने भएको हो ।

यस पटक  जिल्लामा अहिले सम्मकै उच्च रक्तदाता बाट रक्तदान गराए जिल्लामा नयाँ ईतिहास बनाउने लक्ष्य क्लवले राखेको बताईएको छ ।

रक्तदान कार्यक्रममा लियो क्लव अफ शुद्धोदन, लायन्स क्लव अफ कपिलवस्तु दिदी बहिनी र सिनर्जी बहुउद्देश्यीय सहकारीको सहयोग रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

खबर सबै