

परम्परा धान्दै एक्ला प्रजापती !


भक्तपुर । भक्तपुरको बलाछेँलाई अहिले कमैले उक्त नामले चिन्छन् । भक्तपुर नगरपालिका–४ स्थित परम्परागत माटाका भाँडा बनाउने प्रजापतीहरूको टोल नै अहिले ‘पोट्री स्क्वायर’ भइसकेको छ । ठाउँको नाम मात्र होइन प्रजापतीहरूले काम गर्ने तरिका पनि परिवर्तन भएको छ । सबैले परम्परागत हातेचक्र छाडेर विद्युतीय चक्रबाट माटाका भाँडा बनाउँछन् तर अरूभन्दा भिन्न ७९ वर्षीय एक जना एक्ला प्रजापती हुनुहुन्छ, जसले परम्परागत हातेचक्रलाई नै धानिरहेका छन् ।
भक्तपुरको बलाछेँ र अन्य क्षेत्रमा परम्परागत चक्काबाट माटाका भाँडा बनाउने कला अहिले लोप भइसकेको छ । उनी भने नाङ्लोभन्दा केही ठूलो काठको चक्रका छेउमा बनाइएको प्वालमा काठको लौरो घुसारेर दुईदेखि तीन मिनेट जति घुमाउछन् । त्यसपछि मुछेर नरम बनाइएको माटोलाई सोही घुमेकै चक्कामा राखेर हातले जुन सामान बनाउने हो सोही सामानको आकारमा ढाल्छन् ।
५० जना जति अन्य प्रजापतीहरूले भने चक्का घुमाउन विद्युत्को प्रयोग गर्ने गरेका छन् । नयाँ पुस्तालाई पुरानो प्रविधिको ज्ञान होस् भनेर आफूले पुरानै प्रविधिबाट माटाका भाँडा निर्माण गर्ने गरेको प्रजापती बताउछन् ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया