

१३ औँ कपिलवस्तु महोत्सव उद्घाटन, व्यापार घाटा नेपालको प्रमुख चुनौति : उद्योगमन्त्री भण्डारी





कपिलवस्तु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यापार घाटा नेपालको प्रमुख चुनौतिको रुपमा रहेको बताएका छन् । मन्त्री भण्डारीले वर्तमान सरकार काम गर्ने दृढ ईच्छाशक्ति भएको सरकार भएको बताउँदै यस्ता चुनौतिलाई समाधान गर्ने बाटोतर्फ अग्रसर भईरहेको बताए ।
मंगलबार १३ औं कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले व्यापार घाटा देशको प्रमुख चुनौतिका रुपमा रहेको छ । यसलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता छ ।’
उनले कपिलवस्तुको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न आफु सदैव तयार रहेको बताए । उनले आगामी आर्थिक बर्षमा यस क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
निजी क्षेत्रका समस्यालाई सरकारले समाधान गर्न चाहेको उनले बताए । उनले मन्त्रालयमा रहेका नितिगत प्रश्नहरुको निरुपण आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
‘म सरकारमा कति दिन बस्छु थाहा छैन,्’ उनले भने, ‘तर जति दिन बस्छु, त्यो समयसम्म मन्त्रालयका नितिगत प्रश्नहरुको निरुपण गर्न संसद तथा विभिन्न समिति, उपसमितिमा छलफलको विषय बनाउँछु ।’
नयाँ आर्थिक बर्षको बजेट बनाउने तयारीमा सरकार लागिसकेको बताउँदै उनले बजेटको सही कार्यान्वयन गर्न नसके नेपालको अर्थतन्त्र माथि उठ्न नसक्ने चेतावनी दिए ।
नेपालमा उत्पादित वस्तुहरुलाई प्रत्साहित गर्न सरकार तयार रहेको उनले बताए ।
उनले उपलब्ध स्रोत साधानको सहि पहिचान गरेर सरकारले उद्योगी व्यवसायीले महसुस गर्ने गरि काम गर्ने आवश्वासन दिए ।
उनले ‘म्याक ईन नेपाल’ अभियानलाई सरकारको पुर्णरुपमा सहयोग गरिरहेको समेत बताए ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया