

बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा



काठमाडौँ ।
शिक्षा मन्त्रालयले धूमधामसँग प्रचारप्रसार गर्छ– हामीले विद्यार्थीलाई छ कक्षासम्म दिवाखाजा दिएका छौँ, सरकारी विद्यालयमा। यसले गर्दा विद्यार्थी भोकै बस्नु पर्दैन। उनीहरूको पोषणको अवस्था राम्रो हुन्छ।
१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्। म नतमस्तक छु। तर शिक्षा मन्त्रालयका कुन कर्मचारी, मन्त्री, सचिवका छोराछोरी, नातिनातिना, भतिजाभतिजी, भदैभदाहाले १५ रूपैयाँमा दिवाखाजा खान्छन् होला ? यो प्रश्न मैले विभिन्न ठाउँमा गरेकी छु। कतैबाट उत्तर आएको छैन।
केही दिनअघि मलाई भक्तपुरको एक किताब प्रदर्शनीमा स्वास्थ्य र भोजनबारे बोल्न आग्रह गरिएको थियो। त्यहाँ मैलै कसरी हाम्रो भोजनले शारीरिक र मानासिक स्वास्थ्यमा असर पर्छ भनेरै वैज्ञानिकले गरेका अनुसन्धानबारे बोलेकी थिएँ। साथै मैले नेपाली बालबालिकामा हुने कुपोषण र त्यसका कारणबारे पनि छलफल गरेकी थिएँ। त्यहाँ मैले कसरी पत्रु खानाले बालबालिकाको हाड, मुटु, मस्तिष्कलाई खराब गर्छ र भविष्यमा अनेक समस्या गराएर देश विकासमा अवरोध गर्छ भनेकी थिएँ। त्यहीबेला मैले सरकारले धाक लगाएर हामीले स्कुलका विद्यार्थीलाई दिवाखाजा दिने भनेर स्कुलमा प्रतिविद्यार्थी १५ रूपैयाँ दिएको छ तर स्कुलका शिक्षकले के दिन्छन् भनेर अनुगमन छैन पनि भनेकी थिएँ। याे खबर नागरिक दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया