

राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब


काठमाडौं
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ ।
राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ ।
ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो।
राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको छ ।
यस स्थितिमा राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने विषयमा राजनीतिक दल र तिनका नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिने क्रम बढ्दै गएको छ ।
यसैबीच नेपाली कांग्रेसले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया