उद्योग व्यापार सङ्घ कपिलबस्तुद्धारा प्रजिअ आचार्यलाई स्वागत

कपिलबस्तु: उद्योग व्यापार सङ्घ कपिलबस्तुले कपिलबस्तुमा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य लाई स्वागत तथा सम्मान गरेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै सङ्घका अध्यक्ष खिमानन्द पौडेलले खादा र मायाको चिनो प्रदान गर्नु भएको थियो । कपिलवस्तु जस्तो ऐतिहासिक जिल्लामा प्रमुख जिल्ला अधिकारी आचार्यको बसाइ सुखद रहोस भन्ने कामनाका साथ सदैब साथ सहयोग र सहकार्यको प्रतिबद्द्ता ब्यक्त गरीएको संघले जनाएको छ ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा सङ्घका बरिष्ठउपाध्यक्ष यम बहादुर केसि, महिला उपाध्यक्ष गितादेबी पौडेल, बस्तुगत उपाध्यक्ष बेदराज नेपाली, बाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री, महासचिब बासुदेब खनाल, कोषाध्यक्ष सालिकराम आचार्य, सदस्यहरु कृश्न पौडेल, बेलाल अहमद, अब्दुर रहमान त्यसैगरी नेपाल उद्योग व्यापार महासङ्घ लुम्बिनी प्रदेस सदस्य मनोज नेपाली , कृश्न कलवार तथा सल्लाहाकार राम प्रसाद गैरे हरिको सहभागिता थियो ।

प्रतिक्रिया

खबर सबै