

पृथ्वीको नजिकैबाट गयो छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ


एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् ।
एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अन्तरिक्षमा यो दुरी निकै कम हो । खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् ।
छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ । यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै ठूला आकारका क्षुद्रग्रहहरू छन् र उनीहरुको पहिचान गर्न बाँकी छ भन्ने देखाएको छ । यो क्षुद्रग्रहलाई अघिल्लो हप्तामात्र खगोलविद् गेन्नाडी बोरिसोभले फेला पार्नुभएको हो ।
उहाँले प्राप्त गरेको सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको त्यस क्षुद्रग्रहको आकार र त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो । त्याे क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दूरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोक्किने सम्भावना भने निकै नै कम हुने विज्ञहरु बताउँछन् ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया