वाणगंगा सहित जिल्लाका मासु व्यापारीलाई कारबाही

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधिहरूका अगुवाइमा गरिएको अनुगमनबाट सडेको मासु फेला परेको थियो । तौलिहवामा रहेका मासु पसलको संयुक्त अनुगमन र निरीक्षणका क्रममा ती पसललाई जरिवाना तिराइएको विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद खनालले बताउनुभयो ।

सद्दाम मासु पसल अत्यन्तै फोहर र दुर्गन्धित, व्यवसायको नवीकरण नभएको लगायतको कारणले जरिवाना गरिएको उहाँले बताउनुभयो । यस्तै, अब्दुल मासु पसलमा कुखुरा र खसीको सडेको मासु भेटिएको छ । अनुगमन टोलीलाई देखेपछि हतार–हतार मासु पसल सञ्चालन मासु खाटमुनि लुकाएका थिए ।

अनुगमन टोलीले निरीक्षण गरेपछि फेला परेको मासु जफत गरी अब्दुल कुखुरा मासु पसललाई तीन हजार जरिवाना समेत गरिएको छ । जनगुनासो बढे पछि तौलिहवा स्थितहाट बजारका १० र बाणगंगा नगरपालिका भित्रका दर्जन बढी मासु पसलमा अनुगमन गरिएको थियो ।

बाणगंगामा गरिएको अनुगमनमा अधिकांश मासु पसल दर्ताविनै सञ्चालनमा रहेको सरसफाइ नभएको भेटिएको प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै