

उद्योग व्यापार संघ कपिलवस्तुको नेतृत्व खिमानन्द पौडेललाई प्रदान





कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर केसी ‘ओम’, महिला उपाध्यक्षमा गीता पौडेल, एसोसियट उपाध्यक्षमा अनुप चौधरी, बस्तुगत उपाध्यक्षमा बेदराज नेपाली, उद्योग उपाध्यक्षमा नेत्र पाण्डे, वाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री, खुला उपाध्यक्षमा हेमनाथ पौडेल, महासचिवमा बासुदेव खनाल, कोषाध्यक्षमा सालिकराम आचार्य, सचिवमा होतराज पोख्रेल ‘शिशिर’, सह कोषाध्यक्षमा गोविन्द पौडेल चयन भएका छन् ।
तीन सदस्यीय लेखा समितिको संयोजकमा विष्णु सापकोटालाई जिम्मेवारी दिइएको संघले जनाएको छ । हालै स्थापना भएको उद्योग व्यापार संघ कपिलवस्तुको संस्थापक अध्यक्ष हुमनाथ पौडेल हुन् । पौडेलले कपिललाई अधिवेशन मार्फत नेतृत्व हस्तान्तर गरेका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया