

बैंकहरूले ब्याज बढाएपछि सरकारले ट्रेजरी बिल्स बेचेन


काठमाण्डौँ
बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । तर, बैंकहरूले यसअघि कायम भएको भन्दा अधिक ब्याजदर बोलकबोल गरेपछि विक्री गर्न सरकारले अस्वीकार गरेको हो ।
यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि विक्री नगरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘सरकारले कम ब्याजदरमा ऋण उठाउन चाहेको थियो,’ उनले भने, ‘बैंकहरूले पहिलेभन्दा दर बढाएपछि सरकारले विक्री नगरेको हो ।’
तर, सोमवार नै नवीकरणका लागि बोलकबोल गरिएको ९१ दिन अवधिको ट्रेजरी बिल्समा भने ब्याजदर घटेको छ । यही अवधिको अघिल्लो ट्रेजरी बिल्समा औसत १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएकोमा सोमवार घटेर ९ दशमलव ८१ प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून ब्याजदर हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया