

गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता



काठमाडौँ
शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीलेलक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ ।
गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्री आलोचना झनै लामिछानमाथिको चुलिएको छ।
आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्नचिह्न उठाइरहेका छन् ।
गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको पटकपटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको ‘भन्ने व्यहोराको विज्ञप्ति आउनै नहुने पूर्वगृहसचिव गोविन्द कुसुमको धारणा छ ।’ ल एन्ड अर्डरको मान्यताअनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ । मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ,’ पूर्वगृहसचिव कुसुम भन्छन्, ‘यस्तो विकल्प हुँदाहुँदै गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता नै ठहरिन्छ ।’
गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनी बताउँछन् ।
यो खबर आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया