

विजयनगर गाउँपालिकाका यि सरकारी कर्मचारी, जसको घरमा छैन् शौचालय





कपिलवस्तु
तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ, यो २१ औँ शताब्दीमा पनि घरमा शौचालय छैन् भन्ने तर यहाँ यस्तै भएको छ कपिलवस्तुको पश्चिम दक्षिण का केहि ठाउँमा यो समस्या रहेको छ । अझै भन्ने हो भने त कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिकाकै कर्मचारीको घरमा शौचालय नहुदाँ वडाले ति कर्मचारीलाई कारबाही गरेको छ ।

बिजयनगर गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । तर यसको कार्यान्वयन नभए पछि पालिका एक्सनमा उत्रिन थालेको छ र सरसफाई अभियान सञ्चालन गरेको छ ।
घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले कर्मचारीलाई कारबाही स्वरुप गाउँपालिकालाई सिफारीस समेत गरेको छ ।
विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई कारबाहीका लागि सिफारीस गरेको हो ।
केहि समय अगाडीबाट वडाले सञ्चालन गरेको सरसफाइ अभियानमा सहयोग नगरेका, पटक पटक शौचालय निमार्ण गर्ने आग्रह गरे पनि कर्मचारीले अटेर गरेकोले कारबाही गरेको बिजयनगर गाउँपालिका वडा नम्बर ७ ले जनाएको छ ।
कर्मचारीहरूले २ वर्षदेखि शौचालय बनाउन शुरु गरेको भने पनि पूरा नगरेर अटेरी गरेको बिजयनगर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चौधरीले बताए।
यता कारबाहीको सिफारिशमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने र सरसफाइ अभियन्ताको रुपमा हुनुपर्ने व्यक्तिले नै शौचालय नबनाउनु गैरजिम्मेवार रहेको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया