

सेवामा समस्या आएको भन्दै नेपाल टेलिकमले माग्यो माफी


काठमाण्डौ
हिजो मङ्गलवार कम्पनीको सेवामा समस्या आएकोप्रति नेपाल टेलिकमले माफी मागेको छ । टेलिकमले आज बुधवार विज्ञप्ति निकालेर प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।
हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केहीबेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ । तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गइ नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने पनि टेलिकमले प्रतिबद्धता जनाएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया