

घट्यो ट्रेजरी बिल्सको ब्याजदर


काठमाडौं
मंगलबार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।
आर्थिक अभियान दैनिकका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो ।
बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ । गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप वृद्धिसँगै बैंकहरुको निक्षेप–कर्जाको अनुपात ९सीडी रेसियो० पनि ८६ दशमलव ५७ प्रतिशतबाट घटेर ८६ दशमलव ४७ प्रतिशत कायम भएको छ ।
अन्तरबैंक ब्याजदर पनि घटेर ५ दशमलव ९५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया