
अपरेसन थिएटर प्रयोगविहीन

काठमाडौँ
वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् ।
वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले भन्नुभयो, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।”
उहाँका अनुसार गत वर्ष वीर अस्पतालले स्थायी रूपमा तीन सय नर्स व्यवस्थापन गर्न लोकसेवा आयोगमार्फत विज्ञापन गरेको थियो तर नर्स भर्ना प्रक्रिया रोक्न माग गर्दै अदालतमा मुद्दा परेपछि सो प्रक्रिया अवरुद्ध छ । उहाँले नर्सको पदपूर्ति भए २४सै घण्टा शल्यक्रिया गर्न सकिने बताउनुभयो । अस्पतालका सूचना अधिकारी सागर मिश्रले विज्ञ चिकित्सकको अभाव नभएको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पुल दरबन्दीमा ल्याएर पनि चिकित्सकको पदपूर्ति गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “चिकित्सकबाहेकका जनशक्ति करारमा पदपूर्ति गर्न सकिए सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकिन्थ्यो ।”
सबै शल्यक्रिया कक्ष सञ्चालन हुन नसक्दा शल्यक्रियाका लागि बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालको बहिरङ्ग विभागमा दिउँसो २ बजेसम्म दुई हजारदेखि साढे दुई हजारसम्म बिरामीको परीक्षण हुने गरेको खबर गाेरखापत्र दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया