

बुद्धभुमिको बुड्ढी तालमा असुरक्षित बने आगन्तुक चरा



सुशील गैरे कपिलवस्तु । जाडो मौसम सुरु भएसंगै जाडो छल्न बुद्धभुमि नगरपालिकाको बुड्ढी तालमा आएका आगन्तुक चार असुरक्षित भएका छन् ।
तालमा रहेका पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरूलाई स्थानीयले पासोमा फसाउने, गुलेलीले हानेर मार्ने गर्दा चरा असुरक्षित बनेका हुन् । स्थानीयले तालको आसपासमा जथाभावी रूपमा माछा मार्न जाल थाप्ने गरेको फेला परेको चरा संरक्षण सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताए । जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् । गत शुक्रवार चरा गणना गर्ने क्रममा तालको आसपासमा माटिकोरे (किङ्ग फिसर ) चरा, हुँचिल (लाटोकोसेरो) को प्वाँख समेत फेला परेको चरा गणनामा खटिनु भएका नेचर गाइड इश्वरी प्रसाद चौधरीले बताए ।
केही वर्ष पहिले तालमा निकै चरा आउने गरेपनि पछिल्लो समय तालमा जाडो छल्न आउने चराको संख्या घटेको छ । जाडो छल्न आउने आगन्तुक चराको उचित संरक्षणमा स्थानीय सरकारले चासो नदेखाउने र चराको चोरी शिकारी हुँदा आगन्तुक चरा घट्दै गएको हो।
करिब ७ सयदेखि ८ सयको हाराहारीमा चरा देखिएको र २१ प्रजातिका चरा फेला पारेको पन्छी संरक्षण सङ्घले जनाएको छ । तालमा सबैभन्दा धेरै संख्याका आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन









प्रतिक्रिया