

नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि भेटिएन : प्राधिकरण

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ ।
प्राधिकरणले आज साेमवार विज्ञप्ति निकालेर पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेको र परीक्षणका क्रममा कुनै पनि त्रुटि नभेटिएको जानकारी गराएको हो ।
नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघि गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षणजस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्डअनुसार हुने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
यति एअरलाइन्सकाे विभान दुर्घटनालगत्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।



खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया