नवलपरासीमा बस र कार ठोक्किँदा बाणगंगाका ईन्द्रमणि पौडेलको मृत्यु

कपिलवस्तु । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालक कपिलवस्तुको बाणगंगा नगरपालिकाका इन्द्रमणी पौडेलको मृत्यु भएको छ ।

भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए । कारमा सवार यात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

खबर सबै