
९० प्रतिशतभन्दा बढी होटल बन्द

सोलुखुम्बु
सोलुखुम्बुको खुम्बु क्षेत्रका धेरैजसो होटल बन्द भएका छन् । चिसो बढेसँगे सगरमाथा क्षेत्रको झण्डै ९० प्रतिशतभन्दा धेरै होटल बन्द भएका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
सिजनमा पर्यटकले खचाखच हुने सगरमाथा क्षेत्रका होटल यतिखेर बन्द छन् भने होटल सञ्चालक पनि जाडो छल्न बसाइँ सर्न थालेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार होटल, पसल बन्द भएसँगै खुम्बु क्षेत्र सुनसान बनेको छ।
पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल सुनसान छन् । ‘सिजन’मा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौधौ परेका होटल व्यवसायीहरु यतिखेर घुमफिरमा निस्किएका छन्।
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका धेरैजसो होटल व्यवसायी चिसो छल्न काठमाण्डौ आएका छन् भने कतिपय भ्रमण तथा तिर्थका लागि लुम्बिनी, पोखरा, भारत लगायत ठाउँमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो।
‘सिजन’मा व्यस्त हुने निकुञ्ज कार्यलय समेत ‘सिजन’ सकिएसँगै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपाेष्टले जनाएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया