
जहाज दुर्घटनाको कारण के होला ?

पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो ।
ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए । आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ ।
हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ । जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो ।
अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ,’ ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया