
सत्ता गठबन्धनमा देखिन थाल्यो तिक्तता

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ ।
सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो ।
बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन । त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन ।
-आजको नागरिक दैनिकमा खबर छापिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया