

बाणगंगा ६ का बिपन्न परिवारलाई न्यानो कपडा बितरण





रामबहादुर गन्धर्व,कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं.६ को पहलमा शनिबार एक कार्यक्रमको आयोजना गरि विपन्न नागरिकहरुलाई न्यानो कपडा (बलंकेट) बितरण गरिएको छ।
नेपाली कांग्रेस बाणगंगा नगरपालिका ६ नम्बर वडा कार्यसमिति लक्ष्मणघाटको आयोजना र अस्ट्रेलियाको मेलवर्नमा बस्ने आदर्श शर्माको सौजन्यमा वडाभित्र रहेका विभिन्न टोलका अति बिपन्न २५ जना नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको हो । बिगत दुई हप्तादेखि बढदै गएको चिसोबाट बच्नका लागि १/१ थान बलंकेट (न्यानो कपडा ) बितरण गरिएको छ भने न्यानो कपडा पाएपछि नागरिकहरु खुसी भएका छन् ।
विभिन्न टोलका जिम्मेवार प्रतिनिधि, वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम अनिल पाण्डेको सभापतित्व ६ नम्बर वडाका अध्यक्ष करूण टण्डनको प्रमुख आतिथ्यता र नाथु चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया