बाणगंगाको वडा नं.२ द्धारा जिल्लामै पहिलो पटक राष्ट्रिय गानबाट नियमित सेवा सुरु

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ वडा कार्यालयले अब दैनिक राष्ट्रिय गानबाट नियमित सेवा सुरु गर्ने भएको छ । वडा कार्यालयद्धारा आयोजित माघी पर्व २०७९ को शुभकामना आदान प्रदान तथा राष्ट्रिय गानबाट नियमित सेवा सुभारम्भ कार्यक्रमको आयोजना यस्तो उदाहरणिय कामको सुरुवात गरिएको हो ।

कपिलवस्तुका ९६ वटा वडामध्ये जनप्रतिनिधि र कर्मचारीमा जनतालाई सेवा दिने काममा अझ हौसला र उत्साह थपियोस भन्ने उद्दृश्यका साथ बाणगंगाको वडा नम्बर २ ले बिहान ठिक १० बजे राष्ट्रिय गानमा सरिक भई सो पछि नियमित सेवा दिन लागेको हो । यसरी सेवा प्रवाह गर्ने बाणगंगा २ कपिलवस्तुको पहिलो वडा समेत बनेको छ ।

सो अवसरमा बोल्दै नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेलले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलाई राष्ट्रप्रति र आफनो जिम्मेवारी बहन गर्न टेवा पुगोस् भन्नका लागी राष्ट्रीय गानबाट नियमित सेवा शुभारम्भ गरिएको बताउनुभयो ।


यसैबिच वडाले माघी पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको पनि एकसाथ आयोजना गरेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले नेपाल सानो देश भएर पनि धैरे जातजाती, भाषा, धर्म र संस्कृति भएका व्यक्तिहरु अर्काको अस्तीत्व स्वीकार गर्नु खुशीको कुरा रहेको बताउनुभयो । यसरी एक जातीले अर्को जातीको पर्वको सम्मान गर्नु, आफै पनि सरिक हुनु उदारणीय कुरा रहेको बताउदै अर्यालले यो सम्बन्धलाई टिकाई राख्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँले माघी पर्वको अवसरमा सम्पुर्ण नगरवासीहरुलाई शुभकामना समेत दिनुभएको थियो ।


त्यस्तै विशिष्ठ अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रिता चौधरीले माघी पर्व अहिले आएर सबैको साझा पर्वका रुपमा बिकास भई सकेको बताउदै यस पर्वले आपसि सम्बन्ध प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नेपालका माघी तथा यस्ता पर्वले बिश्वमै नेपाललाई चिनाएको बताउदै यसको संरक्षणमा पनि ध्यान दिनु पर्नेमा उनको जोड थियो ।


ईलाका प्रहरी कार्याmय पिपराका प्रमुख दिपकबाबु केसी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक बनका अध्यक्ष, टोल बिकास संस्थाका पदाधिकारी, महिला स्वयमसेविका लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम वडा सदस्य प्रेम रौतारको स्वागत तथा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिखम बहादुर जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै