

कागजमा कमिसन





काठमाडौं
जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो। फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका छन्।
ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो। केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो।
नागरिक दैनिकका अनुसार टेन्डरमा खरिद गरिएको कागज प्रिन्टिङ मेसिनमा हाल्नै नमिलेपछि फिर्ता पठाइएको प्रेसकै कर्मचारीले बताएका थिए। तर फिर्ता पठाइएको गुणस्तरहीन कागजसहितका कन्टेनर भारततर्फ नगई तीन दिनपछि पुनः केन्द्रमै भित्रिँदा आफूहरू आश्चर्यचकित परेको कर्मचारी बताउँछन्।
फिर्ता पठाएको तीन दिनपछि अर्थात् पुस २७ गते सार्वजनिक बिदाका दिन कन्टेनर कागजसहित केन्द्रमा भित्रिएका थिए।
‘गुणस्तर तथा नापतौल विभागले परीक्षण गरी गुणस्तरहीन प्रमाणित गरेको कागज बोकेका कन्टेनर भारततर्फ जानुपर्ने थियो,’ एक कर्मचारीले भने, ‘हामी त्यतिखेर अचम्मित बन्यौं जब ती चारवटा कन्टेनर तीन दिनपछि केन्द्रमा भित्रिए।’ केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता गरेको कागज तीन दिनपछि केन्द्रमै भित्रिनुमा पदाधिकारीको मिलेमतो रहेको स्रोतले बतायो।
केही अधिकारकर्मीले प्रहरी तथा अख्तियारमा उजुरी दिएपछि प्रहरीको टोली केन्द्रमा पुगेर चारवटै कन्टेनरलाई नियन्त्रणमा लिएको छ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया