

भान्सामै औषधि पुदिनाको अचारका फाइदाहरु


पुदिनाको अचारका फाइदाहरु
यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ।
पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ।
पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।
पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ। ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।
दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ। पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ।
यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ। यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ।
पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।
यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ। एजेन्सी


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया