

राष्ट्रिय झण्डा बोकेर देश चहारीरहेका शिल्पकारसँगको जम्काभेट





राजेन्द्र खनाल। हातमा ठूलो नेपालको झण्डा, चट्ट दौरा सुरुवाल र भादगाउँले नेपाली टोपिमा सजिएका एक ८२ वर्षीय बृद्ध मानिस । उनी सधै नेपालको राष्ट्रिय झण्डा बोकेर देश चहारीरहेका हुन्छन् । काठ्माडौँको कालिमाटि घर भएका लक्ष्मीनारायण शिल्पकारसँग मंगलबार अचानक साझाकुराकर्मीसँग काठ्माडौँको भक्तपुर दरबार स्क्वायरमा जम्का भेट भयो ।
उनले दरबार स्वायर निजिकै एक पसलमा नेपालको झण्डा लिएर बसिरहेको तस्बिर साझाकुराको क्यामेराले कैद गर्न खोज्दै गर्दा शिल्पकार उत्साहित भए । अनि अझै उत्साहित हुँदै झण्डासँगका तस्बिर क्यामेरामा कैद गर्न दिए । फलस्वरुप उनले नेपालको झण्डा अंकित चिनो पनि साझाकुरालाई प्रदान गरे ।
काठमाडौंको हनुमानढोका दरबार लगाएतका क्षेत्रमा उनै शिल्पकार सधैजसो नेपालको झण्डाका साथ उत्साहित मुद्रामा भेटिन्छन् । उनी १२ फिट लामो डन्डीमा १० फिट लामो नेपाली झन्डा हातमा लिएर हिँडडुल गरिरहन्छन् अनि घुम्न आएका पर्यटकहरूसँग तस्बिर खिचाउँछन् । उनी भन्छन्, नेपालको झण्डा विश्वमा कसैसँग नमिल्ने फरक पन दिएको झण्डा हो । यो झण्डाको प्रचारका लागि म अभियानका साथ हिडेको छु ।
शिल्पकार नेपालको झण्डा र राष्ट्रियाताको अभियान लिएर देशका ७७ वटै जिल्ला पुगेका छन् । उनले साझाकुरासँग भने, म देशभरका जिल्लामा पुगे, सबै जिल्लामा नागरिकबाट राम्रो सहयोग भयो ।
राष्ट्रिय झन्डा घर–घरमा फहराउनुपर्छ र नेपाललाई विश्वमा चिनाउनुपर्छ भन्ने सोचका साथ उनी नेपालको राष्ट्रिय झन्डासहित देश दौडाहामा निस्किएका शिल्पकारले हाल भने ७७ जिल्लाको अभियान सकाएर काठ्माडौमा रहेका छन् । दौरा–सुरुवाल, इष्टकोट, पटुका, भादगाउँले टोपी र जुत्तामा सजिएका शिल्पकारले दौराको बीच भागमा नेपालको झन्डा समेत राखेका छन् ।
चन्द्रसूर्य अंकित झन्डाको महत्त्व बुझाउँदै हिँड्नु आफ्नो पुरानो सौख भएको शिल्पकार बताउँछन् । ‘नेपालीले नेपालको राष्ट्रिय झन्डा चिनौं’ भन्ने उनको नारा छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया